आज २०८० साल पुस ९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ९ गते सोमबारको राशिफल


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ९ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। यो अनुकुल समय हो। दिउँसो सुत्नुभयो भने ठुलो घाटा हुनेछ। दिउँसो निन्द्रा लागेमा राम्रो काम गर्न नसकिए घुमेर भए पनि निन्द्रा भगाउनु राम्रो हुनेछ।

मिथुन : गुरुको आर्शिवाद लिएर गरेको काम सफल हुनेछ। आज परेवा र गाईलाई दाना खुवाउनु सकेमा प्रगतिको ढोका खुल्नेछ। सबै क्षेत्रमा परिवारको साथ आवश्यक हुन्छ। कुनै पनि काम एक्लै गर्नखोज्नु बुद्धिमानी हुँदैन।

कर्कट : गलत आरोप लगाउन साथी सक्रिय छन्। सचेत भएर काम गर्नुपर्ने दिन छ। शनिको छायाले कामममा अवरोध भए पनि परिवारको साथ मिल्नेछ। शिवको दर्शन गर्नाले सोचेको काम पुरा हुनेछ।

सिंह : दिन राम्रो छ। निजी प्रभावले सबै मित्रको साथ मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आज पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने देखिन्छ।

कन्या : जीवन यात्रा सफल हुनेछ। हरेक क्षेत्र सबल छन्। अनुयायीको साथ पाइने छ। हारेर पनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ। धन कमाउने योग भएकाले उद्योग गर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुला : गुरु रिसाए पनि विवेक प्रयोग गरेर काम सफल गर्नुपर्ने हुन्छ। फरक विचार राख्नेसँग सचेत हुनुपर्ने देखिन्छ। अचानक सहयोग प्राप्त हुनेछ। खुट्टा तान्ने सक्रिय भएकाले परिवारबाटै जोगिनु उपयुक्त हुन्छ।

वृश्चिक : दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनु : दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु :खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकर : वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। परिवारको साथले मनमा उत्साह थपिने छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा विरोधको सामना गर्नुपर्ने छ। लग्नबाट ३, ६ र ११ औं स्थानमा शनिदेव भए उन्नति र प्रगति हुनसक्छ। तपाईंले पिपलको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ०७ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट