अमेरिकी रक्षा कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी « Khabarhub

अमेरिकी रक्षा कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- ताइवानलाई हतियार आपूर्ति गरेको भन्दै चीनले अमेरिकी रक्षा उपकरण निर्माता कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

अमेरिकाले गत डिसेम्बर १६ मा ताइवानलाई ३० करोड अमेरिकी डलर बराबरको रक्षा उपकरण प्रदान गर्ने सम्झौता स्वीकृत गरेसँगै चीनले यस्तो चेतावनी दिएको हो ।

नयाँ हतियारबाट ताइवानको कमाण्ड, कन्ट्रोल, कम्युनिकेसन र कम्युटर (सी४) क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ । जो बाइडेनले सन् २०२१ मा राष्ट्रपतिको पद सम्हालेयता अमेरिकाले ताइवानसँग १२ औँ पटक हतियार सम्झौता गरेको हो ।

चीनले सन् २०२० देखि नै लकहिडमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । चीनले लकहिडलाई ‘अविश्वसनीय कम्पनीको सूची’ मा राखिसकेको छ । त्यसबाहेक चीनले यस कम्पनीका कार्यकारीहरुलाई आफ्नो मुलुकको भ्रमणमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ५९ बजे

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौं– जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई

वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत सुरुवातको

प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण