परराष्ट्रमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै « Khabarhub

परराष्ट्रमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले स्वीट्जरल्याण्डको भ्रमण गर्ने भएकी छिन् । मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन उनी आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइन् ।

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा अवगत गराउने जनाइएको छ ।सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । परराष्ट्रमन्त्री आगामी फागुन २३ गते स्वदेश फर्किने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १ : ४५ बजे

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक

इरानले भन्यो : भेनेजुएलामा अमेरिकी आक्रमण ‘उपनिवेशकालीन सोच’को उपज

तेहरान- इरानले भेनेजुएलामाथि अमेरिकी आक्रमणलाई उपनिवेशकालको गतिविधिको संज्ञा दिएको छ।

दक्षिण कोरियाली फिल्मस्टार आन सुङ-की को ७४ वर्षको उमेरमा निधन

काठमाडौँ – दक्षिण कोरियाली फिल्मका प्रख्यात अभिनेता आन सुङ-की को

पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार ३३ जना नेतालाई केन्द्रीय सदस्य

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ