सत्ता केन्द्रित फोहोरी खेलले मुलुक अस्थीर भयो : कमल थापा « Khabarhub

सत्ता केन्द्रित फोहोरी खेलले मुलुक अस्थीर भयो : कमल थापा


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थीरतातर्फ गएको बताएका छन् ।

काठमाडौंमा आज पार्टीसम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु पनि शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको टिप्पणी गरे ।

‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ?’ थापाले प्रश्न गरे । उनले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत बताए ।

राप्रपा नेपाल प्रती सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष व्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनवर्गिय संगठनको क्रियाशिलता र भावी कार्यक्रमबारे धारणा राखेका थिए ।

कार्यक्रममा भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ४४ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली