सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण « Khabarhub

सूर्यविनायकमा ‘शिव सर्किट’ निर्माण


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले ‘शिव सर्किट’ निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो । 

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै मार्गबाट जोडेर सवारीसाधन र पैदल दुबै मार्गबाट जान सकिने गरी मार्ग निर्माण गरेको बताए।

नगर प्रमुख थापाले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पुर्‍याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो मार्गको संयुक्त अवलोकन गरेर शुभारम्भ गर्ने तयारीमा छौँ ।’

अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकालाई मिलाएर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करिब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो ।

नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवसर्किट सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिइन्। नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, वडाअध्यक्ष र सरोकारवालासँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताइन् । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिँदै उनले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई सारेको बताइन्। 

वाग्मती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको जनाउँदै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौँको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताइन्।

डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अवधारणा बनेको उनले बताइन् । छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको विकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको जनाउँदै उनले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताइन् ।

सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको दुई सय ४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  २ : ४७ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर