आठ हजार ८९६ थान हातहतियार नष्ट « Khabarhub

आठ हजार ८९६ थान हातहतियार नष्ट


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ । 

भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एयर गन २९ थान, सर्ट गन दुई सय २९ थान, थ्रीनटथ्री राइफल छ सय २६ थान, रिभल्भर तीन सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा आठ हजार आठ सय ९६ थान हातहतियार आज कानुनबमोजिम नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्षलगायतको रोहबरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो । 

हातहतियार, खरखजाना एवं विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।

उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवं विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : १४ बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास