नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग्ने « Khabarhub

नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग्ने


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ ।

हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने सो पार्टीले निर्णय गरेको छ ।

प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनातामा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचार विरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गरे ।

“कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ, यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ३८ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध