भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : डा महत « Khabarhub

भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : डा महत


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।

यही साउन २ गते सुरु भई आजसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन आज कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गरे। कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताए । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।

कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको उहाँले जानकारी दिए । यसैगरी कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँ गर्ने निर्णय गरेको उनले जानकारी गराए ।

बैठकमा भएको खुला छलफलले पार्टी थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रवक्ता डा महतले कांग्रेसबारे जनतामा थप आकर्षण बढ्ने बताए । बैठकमा प्रस्तुत साङ्गठिनक प्रस्तावलाई प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित पारित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सम्बन्धमा प्रवक्ता डा महतले सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा सुविधा पाउनका लागि आफूसँग पहल गरेको तर नपाएको झोँकमा जथाभावी बोलेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ५५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।