प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजे : शेखर कोइराला « Khabarhub

प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजे : शेखर कोइराला


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। 

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्।

प्रतिनिधिसभा सदस्य कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लड्खडाएको छ।’

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताएका नेता कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अप्ठ्यारो परिस्थितिमा गएकोमा चिन्तित भएको बताए। नेता कोइरालाले भने, ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो?’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’

त्यसैगरी, उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए। उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुन काण्डमा भारत र चीन देखिएका छन्। तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्। सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानविन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ।’

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  २ : ०८ बजे

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध