भारतीय प्रधानमन्त्री मोदी ग्रीसको प्रतिष्ठित पदकबाट विभूषित « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी ग्रीसको प्रतिष्ठित पदकबाट विभूषित


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एथेन्स- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रीसको प्रतिष्ठित ‘ग्रान्ड क्रस अफ द अर्डर अफ अनर’ पदक बाट सम्मान गरिएको छ । ग्रीस भ्रमणका क्रममा ग्रीक राष्ट्रपति कटरिना एन साकेलारोपौलोले प्रधानमन्त्री मोदीलाई उक्त पदकबाट विभूषित गरेकी हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर शेयर गर्दै आफूलाई प्रदान गरिएको पदकबाट ग्रीक जनताले भारतप्रति गरेको आदर जनाउने उल्लेख गरेका छन् ।

ग्रीसले सन् १९७५ देखि यस पदक प्रदान गर्दै आएको छ । ग्रीसले यस पदक विभिन्न मुलुकका प्रधानमन्त्री एवम् विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गर्ने गर्छ ।

यस पदकमा तारा र ग्रीक धर्ममा एथेन्स सहरकी इष्टदेवि एथेनाको तस्वीर अंकित छ भने ‘ओन्ली द राइचस सुड बि अनर्ड’ कुँदिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ०० बजे

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा