दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा धरानमा सामाजिक सद्भाव कायम राख्न कांग्रेसको अपिल, बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल, प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप, स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण, खोलामा डुबेर दुई जनाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गरेका छन् ।

बाढीले पुगेको क्षति र जनताको अवस्था बुझ्नका लागि मन्त्री बस्नेतले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

धरानमा सामाजिक सद्भाव कायम राख्न कांग्रेसको अपिल

नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउनसक्ने विषयप्रति चिन्ता प्रकट गर्दै कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक र समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको हो ।

सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन् ।

डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजे : शेखर कोइराला
कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्।

लोसपाले मनायो स्थापना दिवस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झन्डोत्तोलन गरेको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झन्डोत्तोलन गरे ।

पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए।

जिससलाई साधनस्रोत र कर्मचारी अभाव हुन दिइन्न : मन्त्री देवी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधनस्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टाचारविरुद्ध लड्नपर्ने बताए ।

तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ
आँखा स्वास्थ्य सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको उद्घाटन गरिएको छ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्यातिप्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर शनिबारदेरखि सञ्चालनमा आएको हो ।

बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।

दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानुको निधन
दिवंगत अभिनेता सारुक ताम्राकारका पिता एवम् अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ५९ बजे

आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको हो : राष्ट्र बैंक 

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल

नेपालगन्ज– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको