पार्टी अलपत्र हुने डरले राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेँ : माधव नेपाल « Khabarhub

पार्टी अलपत्र हुने डरले राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेँ : माधव नेपाल


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका निम्ति सरकारले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा असन्तुष्टी व्यक्त गरेका छन् ।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले संसद् खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरूको बैठकमा आफ्नो पार्टी सहभागी हुन नपाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यताप्राप्त दल नभएका आधारमा आफूहरूलाई निषेध गरेको बताए । उनले आफ्नो पार्टीले जनताको मन जितेर राजनीतिक शक्ति बढाउन देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि पार्टीलाई अलपत्र छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले राष्ट्रपति हुने इच्छा नगरेको दाबी गरे ।

उनले मुलुकको शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीअनुसार उपलब्धि हासिल हुन नसकेकाले अब विद्यार्थी आन्दोलन गुणस्तरीय शिक्षाका लागि केन्द्रित हुनुपर्ने बताए । उनले शिक्षालाई उत्पादनसँग जोडेर व्यावसायिक सीप तथा क्षमता विकास गर्न सके उत्पादनका साथै रोजगारी बढ्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ३१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा