निर्णयको २७ वर्षपछि १९ परिवार भूमिहीनलाई लालपुर्जा « Khabarhub

निर्णयको २७ वर्षपछि १९ परिवार भूमिहीनलाई लालपुर्जा


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो ।

आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ ।

हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए । “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दैछौँ”, उनले भने ।

काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोगचलन गर्दै आएका थिए । “म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोगचलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु”, मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भने ।

सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नापजाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ ।

सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटकपटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ४६ बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६