दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव, एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट, टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको निर्देशन, जनतालाई भ्रममा पार्न षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री, राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस, चुडामणि शर्माको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमालगायतका समाचारले प्रमुख स्थान पाए । 

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको निर्देशन


दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

जनतालाई भ्रममा पार्न षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका(८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका छन् ।

अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव


समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचीलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी भएको आठ वर्षसम्म पनि संघीयता कार्यान्वयन नहुँदा ‘बोझ’ भएको सन्देश गएकाले अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू


नेकपा (एकीकृत समाजवादी)को सातौँ बैठक बुधबारबाट सुरू भएको छ।

तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने बताइएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस


नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ।

कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेदैमा
जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बिहान साँढे १० बजेदेखि सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ पुगेका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

चुडामणि शर्माको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

परीक्षा र नतिजा समयमा हुनुपर्ने भन्दै त्रिविमा प्रदर्शन
त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन प्रदर्शन भएको छ ।

त्रिभुवन विश्वविद्यालयको वर्षौँदेखिको बेथिति सुधारको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा आज प्रदर्शन गरिएको हो ।

ठगबहादुरलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेर्नेविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

अभियोजनमा सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका– ४ लक्ष्मीपुरका खिलेन्द्रसिंह जीसीविरुद्ध आज विशेष अदालतमा अभियोगपत्र दायर भएको हो ।

घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो ।

कोरियाको सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ०४ बजे

सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय

सरकारले स्टार्टअप उद्यमीलाई जेठ दोस्रो सातादेखि कर्जा दिने

काठमाडौं – स्टार्टअप उद्यमी (नवप्रवर्द्धक)हरूले जेठ दोस्रो सातादेखि स्टार्टअप कर्जा

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत

उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन

भक्तपुर- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी