हीरा लामाको ‘दलदल’ सार्वजनिक « Khabarhub

हीरा लामाको ‘दलदल’ सार्वजनिक


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक हीरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ । नारायणी रिसोर्ट गैँडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् । कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए । 

‘चितवनका स्रस्टाले लेखेको यो पहिलो उपन्यास हो, जसमा चितवनलाई, चितवन प्रसिद्ध भूगोललाई लेखकले सकेसम्म उपन्यासको कथामा समेट्नुभएको छु’, अविरलले भने, ‘भरतपुर कारागारमा कैदीलाई मारिएको घटना यहाँको महत्त्वपूर्ण घटना हो, उपन्यासमा यो घटनालाई प्राथमिकता का साथ प्रस्तुत गरिएको छ ।’

दलदलमा चितवनको अँध्यारो उज्यालो सबै कुरा छ, दलदल युवा आख्यानकारको तन्नेरी कथा भएको पनि अविरलले बताए । पुस्तकका बारेमा बोल्दै धनराज गिरीले लेखक लामाले उपन्यासमा बुबाको भूमिकालाई महत्त्वका साथ उतारेको बताए । अर्का टिप्पणीकार निर्दोष जीवनले दलदल पारिवारिक सामाजिक कथावस्तुको उपन्यास भएको बताए ।

लेखक हिरा लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए । ‘दलदलमा कुनै रिफ्रेन्स राखिएको छैन, यो पुस्तक पढ्नलाई अरू किताबको खाँचो पनि पर्दैन, पारिवारिक कथामा यो उपन्यासलाई सजाउने कोसिस गरेको छु’, लेखक लामाले बताए । 

कार्यक्रमका प्रमुख अतिथि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलका कथाहरू पनि उपन्यासमा बुनिएको भूपिनले बताए । दलदल समग्र समाजको प्रतिविम्ब बनेर आएको पनि उनले बताए ।

दलदल लेखक लामाको पहिलो पुस्तक हो । पेशाले शिक्षक रहेका लेखक लामा समसामयिक लेखनमा रुचि राख्छन् । इन्डिगो इन्क काठमाडौँले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ०६ बजे

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण