च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने « Khabarhub

च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ पुस २० सडकको ठेक्का सम्झौता गरेको छ । कालोपत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ।

मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताइन् । ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । यसकारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ११ : ११ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ