अमेजन जंगलबाट बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान « Khabarhub

अमेजन जंगलबाट बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

बोगोटा– अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ ।

यस उद्धार अभियानलाई ‘अपरेशन होप’ नाम दिइएको थियो । यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई ‘अर्डर अफ बोयाका’  नामक अवार्ड दिइएको हो ।

यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो।

अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने‘ ‘पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौँ भनेर प्रमाणित गरे।’

उनले अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी नरहेको भन्दै दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएको बताए ।

यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ ।

उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।

अमेजन जंगलमा प्लेन दुर्घटना हुँदा हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जीवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारेको थियो ।  

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ४३ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने