पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दाबी « Khabarhub

पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दाबी


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए।

ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।”

पुटिन अहिले ‘संसारभरिका एक्लिएको’ बाइडेनले बताए । ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ ।

उनले भने, “युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ ।”

बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक