न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि « Khabarhub

न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आज काठमाडौँमा सुरु हुँदैछ।

काठमाडौँ महानगरको आयोजनामा सुरु हुन लागेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान साढे १० बजे सुरु हुने सम्मेलनमा देशभरका साढे चार सय पालिकाले सहभागी जनाउने बताइएको छ।

स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत हुने काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन भोलि सकिनेछ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ०९ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज