सरकारले संसदको गरिमा घटाउने काम गर्‍यो : सांसद पन्त « Khabarhub

सरकारले संसदको गरिमा घटाउने काम गर्‍यो : सांसद पन्त


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरे ।

बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्को के काम हुन्छ ? भन्दै प्रश्न गरे ।

संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताए ।

सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ५४ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त