सरकारले संसदको गरिमा घटाउने काम गर्‍यो : सांसद पन्त | Khabarhub Khabarhub

सरकारले संसदको गरिमा घटाउने काम गर्‍यो : सांसद पन्त


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरे ।

बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्को के काम हुन्छ ? भन्दै प्रश्न गरे ।

संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताए ।

सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ५४ बजे

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला

तीन लाख धरौटीमा छुटे रवीन्द्र मिश्र (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन्

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ