प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजी « Khabarhub

प्रहरी परिसरमै चिनियाँ नागरिकको नाराबाजी


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । बुधबार पक्राउ परेका १९ जनामध्ये ९ जना चिनियाँ नागरिक थिए । साइबर अपराधको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले बानेश्वरस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको  परिसरमा नाराबाजी गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गरेको थियो । चिनियाँ नागरिकले नाराबाजी मात्र गरेनन् तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गरेका थिए ।

पक्राउ परेर हतकडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार देखिएको प्रहरीले जनाएको छ । ह्वाट्सएपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बताए ।

ह्वाट्सएपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गरेको भेटिएको उनले जानकारी दिए । ‘पैसा हालेपछि सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ । यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : ०३ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा