अरनिको बसपार्क नभत्काउन आदेश « Khabarhub

अरनिको बसपार्क नभत्काउन आदेश


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज काठमाडौँ महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु÷नगराउनु ।”

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानूनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्नसमेत अदालतले महानगरपालिकालाई भनेको छ । अदालतले दुवै पक्षसँग छलफलका लागि यही १४ असोज गते बोलाएको छ । काठमाडौँ महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने उल्लेख गर्दै अटेर गरे भत्काउने सूचना गरेको थियो ।

उक्त यातायात प्रालिले १४ रोपनी जग्गामा रू १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरपालिकाले ‘एक बसपार्क’ नीति लिएको उल्लेख गर्दै सञ्चालन अनुमति दिएको थिएन ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार