शहीदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र बन्यो : प्रदेश प्रमुख गुरुङ « Khabarhub

शहीदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र बन्यो : प्रदेश प्रमुख गुरुङ


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शहीदको बलिदानबाट नेपाल स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको बताएका छन् ।

शहीद दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले शहीदहरूको त्याग र बलिदानको प्रतिफलस्वरूप प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति प्रदेश प्रमुख गुरुङले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

शहीद दिवसले हामी सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदहरूको सपना साकार पार्न समर्पित हुन प्रेरणा दिने उल्लेख गर्दै सन्देशमा उहाँले देशलाई द्रूत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदहरूको सपनालाई साकार पार्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : १० बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि