सरकार जनताको अवस्था बदल्न क्रियाशील : प्रधानमन्त्री « Khabarhub

सरकार जनताको अवस्था बदल्न क्रियाशील : प्रधानमन्त्री


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् । 

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित  ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पारे । 

उनले भने, ‘पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्ने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गरे।

उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनले भने ‘जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारु र क्रान्तिकारी योद्धाको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।’ मरहठ्ठाको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने प्रधानमन्त्रीको भनाइ छ । 

पुस्तकमा ‘माधव सर’को जीवनी, योगदान र प्रेरणालाई बहुआयाममा उल्लेख गरिएको छ । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ । 

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए । 

‘सरकार गठनको सात महिनासम्म पुग्दा जे-जति मेहनत गरिएको छ, त्यसबाट जे-जस्ता उपलब्धिहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ’, प्रधानमन्त्री प्रचण्डले भने  । पुस्तक माधवप्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनले प्रकाशन गरेको थियो ।

उक्त पुस्तक घोष्ट राइटिङ नेपालले तयार पारेको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितराज पाण्डे, कल्पना धमलालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ५८ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको