दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण, निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर, सरकार जनताको अवस्था बदल्न क्रियाशील : प्रधानमन्त्री, राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमतिलगायतका समाचारले प्रमुख स्थान पाए । 

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए।

संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दल सहमत

संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दलका नेता शेरबहादुर देउवाबीच सहमति भएको हो

सरकार जनताको अवस्था बदल्न क्रियाशील : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् ।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पारे ।

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकताको सहमति

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ ।

यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश
हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर
पाटन उच्च अदालतमा समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदले रिट निवेदन दायर गरेका छन् ।

रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आज समयमै खर्च बुझाएर पनि सार्वजनिक गर्दा जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै रिट निवेदन दायर गरेका हुन् ।

पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको बारको टोलीले बुझाएको ज्ञापनपत्रमा पेसी व्यवस्थापन गर्दा अविलम्ब पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गरिएको हो ।

‘राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक, सामाजिक रूपान्तरण जरुरी’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् ।

समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए ।

अवैध सुन प्रकरणबारे छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरू

बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह ९प्रदेश सचीव० पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

अदालतले दोषी ठहर गरे खाणलाई पार्टीले कारबाही गर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे। उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए ।

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा नापी अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।

पहिरो खस्दा दुईको मृत्यु
रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

अरु देशका केन्द्रीय बैंकको तुलनामा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् ।

विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए । काठमाडौँमा आयोजीत मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसंगत आधार रहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ०१ बजे

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन