दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 दिनभर आज एसिया कप क्रिकेटमा पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत, ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा, कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति, प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता, सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद, त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवालगायतका समाचारले प्रमुख स्थान पाए ।

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत

एसिया कप क्रिकेटमा पाकिस्तानले नेपालविरुद्ध ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएपछि नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए ।

‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा

नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।

मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो

कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए ।

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न तथा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक सरकारसँग आग्रह गरेको छ ।

सर्वोच्च अदालतको फैसला, आयोगको सुझाव र अन्तर्राष्ट्रिय मान्यताअनुरूप हुने गरी ऐन संशोधन गरी पीडितलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न आयोगले सरकारलाई आग्रह गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवाको माग गरेका हुन् ।

सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद
प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा सञ्चालन गर्दै आएको थप दुई वटा सुन गाल्न प्रयोग हुने मेसिन बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा जोडिएका कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले ६० किलो सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो ।

एमालेले पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने
नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित पदयात्रा अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेको बुधबार सिरहामा सम्पन्न सचिवालय बैठकले आगामी मंसिरमा वृहद पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले त्यसअघि पार्टीको पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

सुन तस्करीको सूचना संकलन गर्न सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना संकलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए ।

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए ।

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।

नेपाली जनताले एमसीसी स्वीकार गरेका छैनन्, कार्यान्वयन हुन दिन्नौँ : महासचिव विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : १० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन