अर्थव्यवस्था लयमा फर्किन थालेको छ : अर्थमन्त्री « Khabarhub

अर्थव्यवस्था लयमा फर्किन थालेको छ : अर्थमन्त्री


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले विभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए । उनले विनियोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरणको निर्माण भएको बताए । उनले सरकारमाथि आन्तरिक र बाह्य लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडि बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गरे । 

उहाले मधेशको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको धारणा राखे ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ०४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ