अर्थव्यवस्था लयमा फर्किन थालेको छ : अर्थमन्त्री « Khabarhub

अर्थव्यवस्था लयमा फर्किन थालेको छ : अर्थमन्त्री


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले विभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए । उनले विनियोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरणको निर्माण भएको बताए । उनले सरकारमाथि आन्तरिक र बाह्य लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडि बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गरे । 

उहाले मधेशको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको धारणा राखे ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ०४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर