दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता, सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन नभएको भन्दै संसद अवरोध गर्ने एमालेको संकेत, चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड, एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर गत शनिबार चीन भ्रमणमा पुगेका प्रधानमन्त्री दाहाल आज चीनको छेन्दुबाट स्वदेश फर्किएका हुन् ।

चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् ।

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन नभएको भन्दै संसद अवरोध गर्ने एमालेको संकेत
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गतेभित्र गठन गर्ने भनिएको समिति नबनाएको विषयलाई लिएर संसदमा काम कारबाही अवरोध गर्ने संकेत गरेका छन् ।

नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा नियुक्त
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।

राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् ।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानस कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्केको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अर्थव्यवस्था लयमा फर्किन थालेको छ : अर्थमन्त्री
अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले विभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन् ।

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् ।

भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरू अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् ।

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।

भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको हो ।

‘उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् ।

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए ।

त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित एक जना फिलिपिनो नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी फिलिपिनो नागरिक अर्बिकोन अरोन्स मानालाङ दुई किलो ७२० ग्राम सुनसहित शुक्रबार राति पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ०१ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय