जंगलमा बाँदर भुलाउन फलफूल खेती | Khabarhub Khabarhub

जंगलमा बाँदर भुलाउन फलफूल खेती


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

भरतपुर– देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जंगलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।

जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । ‘मैले बाँदर रोक्न केही विकल्प देखेको छैन, कि त तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्‍यो होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ’, उनले भने, ‘हामीले त फलफूलका बिरुवा रोप्न सुरु गरेका छौँ ।’ १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उनले बताए । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताए ।

देवघाट क्षेत्रमा कमलादेवि सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् । 

यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ । 

एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् । बढीमात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन् ।

 यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन् । यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।

‘गाउँपालिकाबाट दुई वर्षअघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो । त्यसले पनि भएन । बाहिर लगेर व्यवस्थित गर्नुपर्‍यो भनेर केही बाँदर लगियो । त्यो पनि भएन । अध्यक्ष गुरुङले भने, ‘बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ ।’ देवघाटका किसानलाई बाँदरबाट खेती जोगाउनसमेत मुस्किल छ । ‘बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने’, देवघाट–५ देउपुरकी कल्पना थापामगरले भने, ‘आधा बाँदरलाई आधा आफूलाई हो ।’ उनले बाँदरको समस्या दीर्घकालीनरूपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : ४९ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन