दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गरिने, समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय, नेपालका करिब ६० प्रतिशत घर एकतले, महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ स् प्रदेश प्रहरी विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमालगायतका समाचारले प्रमुख  स्थान पाए ।

शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल
नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शान्ति प्रक्रियाका बाँकी कामका नाममा संयुक्त राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

‘नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक’
पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारहरूसँगको कुराकानीमा उनले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरि जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् ।

नेपालका करिब ६० प्रतिशत घर एकतले
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् ।

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार
नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेका छन् ।

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गरिने
नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन्न गरेको छ ।

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको विभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ ।

दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे
दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ०२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि