विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट ६ जना लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका-१ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका-१० प्रगति टोलबाट नियन्त्रित लागूऔषध स्पासपेन ३ सय ८६ ट्याब्लेट, ट्रमाडोल ३ सय ५० ट्याब्लेट र अवैध लागूऔषध गाँजा ६ सय ११ ग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने २८ वर्षीय आशिस राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले प्र १-०२-०४० प ९३८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुशील थोकरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले गुम्बाचोकबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-३१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झुलिटार बस्ने ४२ वर्षीय पासाङ लामा र चितवन राप्ती नगरपालिका-११ बस्ने २९ वर्षीय बुद्धिराज घलान रहेका छन् ।

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : २८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय