साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका- ३ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ५७ बजे

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका