सौराहामा फिल्म फेस्टिभल आजदेखि « Khabarhub

सौराहामा फिल्म फेस्टिभल आजदेखि


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

चितवन– सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो । 

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । दैनिक सांस्कृतिक कार्यक्रम हुनेछन् । 

महोत्सवमा सिनेमा, वृत्तचित्र र छोटा चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  २ : ०४ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल