त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा « Khabarhub

त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो । खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले अग्रता कायम गरेको थियो ।

 खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १-१ बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा खेलको ९९औँ मिनेटमा आर्मीका राशबहादुर मगरले गोल गर्दै आर्मीको जितलाई सुनिश्चित बनाए । आर्मीले उपाधिका लागि शनिबार थ्रीस्टारको सामना गर्नेछ । 

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ५ : ५५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको