पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघ मरे « Khabarhub

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघ मरे


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ । पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । 

केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिए। दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । 

दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।  

उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ रहेका छन् । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ११ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ