एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।

प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सचिवालयको निर्णय छ । साथै अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति छ ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा भइरहेको छ ।

तर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दाबी गरेका छन् ।
महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ०० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून