गोली लागेपछि घाइते गोविन्दा अस्पताल भर्ना « Khabarhub

गोली लागेपछि घाइते गोविन्दा अस्पताल भर्ना


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । मुम्बईस्थित आफ्नै घरमा मंगलबार बिहान कबिर ५ बजे उनलाई गोली लागेको हो ।

भारतीय मिडियाका अनुसार गोली लागे लगत्तै उनलाई मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा लगिएको थियो । हाल उनी उपचाररत छन् । खुट्टाबाट गोली निकालिएको छ । उनी हाल जोखिममुक्त रहेको बताइएको छ ।

उनी आज बिहानै कोलकता तयार भएका थिए । हतियार दराजमा राख्ने क्रममा ‘मिस फायर’ हुँदा घाइतेको भएको उनको निजी सचिवालयले बताएको छ ।

गोबिन्दाका मेनेजर शशी सिन्हाले भारतीय मिडिया एएनआईसँग भनेका छन्, ‘उहाँले दराजमा हतियार राख्न जानुभएको थियो । हातबाट हतियार खस्यो र मिस फायर भयो ।’

सिन्हाको दाबी अनुसार गोविन्दाले उक्त हतियार राख्नका लागि सरकारबाट अनुमति पाएका छन् ।

घटनाबारे जानकारी हुने बित्तिकै प्रहरी गोविन्दाको घरमा पुगेको थियो । अहिलेसम्म यस घटनासम्बन्धी उजुरी परेको छैन ।

यो घटना हुँदा उनको श्रीमती सुनिता अहुजा घरमा थिइनन् । उनी कोलकात्तामा थिइन् । अस्पतालमा गोविन्दासँग उनकी छोरी टिना छिन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : १२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी