आजका समाचार : सकियो उपनिर्वाचन, शंकर पोखरेलमाथि वर्षमानको आक्रोश, काठमाडौंमा रविको बयान, चितवनतिर छवि | Khabarhub Khabarhub

आजका समाचार : सकियो उपनिर्वाचन, शंकर पोखरेलमाथि वर्षमानको आक्रोश, काठमाडौंमा रविको बयान, चितवनतिर छवि


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा देखिएन उत्साह : कीर्तिपुरमा ०७९ भन्दा १२ प्रतिशत कम मत खस्यो

काठमाडौंको कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९.२४ प्रतिशत मतदान भएको थियो ।

यस पटकको उपनिर्वाचनमा यहाँ जम्मा ३१ हजार १ सय २२ मतदाता थिए । तर करिब २० हजार हाराहारीमा मात्र मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान

उपनिर्वाचन अपडेट : उदयपुर २ वडामा ६३ प्रतिशत मत खस्यो, मतगणना आजै हुने

कीर्तिपुरमा ६७ प्रतिशत मतदान

दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान

स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

देउवाले मतदातालाई दिए धन्यवाद

उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

शंकर पोखरेललाई वर्षमानको प्रश्न : रेखा शर्मासँग चुनाव हार्नेले प्रचण्डलाई हरुवा भन्ने ?

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन् । उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे ।

कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

पर्यटनमन्त्रीको निर्णय : १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने

सञ्‍चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन

नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, भोलि सकेर पोखरा लगिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आइतबारका लागि सकिएको छ ।

शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार बिहानै सरकारी वकिलको

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

सहकारी प्रकरण- काठमाडौंमा रविको बयान, साझेदार छविलाललाई चितवन लगियो

दशजनाको गस्ती टोलीबीच सशस्त्रका सईलाई किचेर कसरी भाग्यो तस्करीको गाडी ?

सिरहा- सिरहामा तस्करको स्कोरपियो गाडीले किच्दा सशस्त्र प्रहरीका एकजना नायव निरीक्षक (सई) को ज्यान गएको छ ।

भारतीय सीमानजीकै बडीयारपट्टी-१ कचनारी भित्री सडकखण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मण प्रसाद यादवलाई आइतबार बिहान तस्करीमा प्रयोग गरिएको स्कोरपियो गाडीले किचेर ज्यान लिएको हो ।

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु

आगलागीबाट १९ लाख रुपैयाँ बढीको क्षति

विर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै

अर्थसंक्षेप : शेयर बजार घट्यो, भौतिक मन्त्रालयले काममा फाइल ट्रयाकिङ सिस्टम लागू गर्ने

अन्तर्राष्ट्रीय…

एफबीआई निर्देशक बर्खास्त गर्दै पटेललाई चयन गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले हालका एफबिआई निर्देशक क्रिस्टोफर रेलाई बर्खास्त गर्दै कास पटेललाई चयन गर्ने घोषणा गरेका छन्।

‘म कास पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको नयाँ निर्देशकको रूपमा घोषणा गर्दा गर्वको महसुस गरी रहेको छु,’ सामाजिक सञ्जालमा ट्रम्पले उल्लेख गरेका छन्। उनले पटेल होनहार वकिल तथा अनुसन्धानकर्ता भएको ठहर गरेका छन्। ट्रम्पले पटेलले महान्यायाधिवक्ता पाम बियोन्डीसँग मिलेर काम गर्ने घोषणा गरेका छन्।

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात सन्दिग्ध माओवादी लडाकुको मृत्यु

राष्ट्रपति पुटिनले गरे २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन

फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु

अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो सङ्केत

एक खतरनाक जीव, जसले ह्वेल र सार्कको शिकार गर्छ, वैज्ञानिक चकित !

खेलकुद…

नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा सकियो नेपालको यात्रा, पाकिस्तानसँग १० विकेटले पराजित

नेत्रहीन टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना सकिएको छ।

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

शिखर धवनसहित कर्णाली याक्सका खेलाडी पुगे पशुपति (तस्बिरहरू)

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ०१ बजे

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका