खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद « Khabarhub

खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताएका छन् ।

एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै मन्त्री साउदले पवित्र तीर्थस्थल र सांस्कृतिक सम्पदाहरूको उपलब्धताले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताएका हुन्। 

उनले खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिनका रुपमा कैलाली र कञ्चनपुरका फाँटहरु रहेका जानकारी दिए । ‘सिँचाइका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ’ उनले भने, ‘त्यसमा जलविद्युतको उत्पादनको प्रतिशत हेर्ने हो भने पनि दुनियाँका सबैभन्दा सम्भावना भएको क्षेत्रमा सुदूरपश्चिम पर्दछ ।’

नेपालका पाँच ठूला नदीमध्ये तीनवटा सुदूरपश्चिममा रहेका उनको भनाइ थियो । मन्त्री साउदले अहिले पनि सुदूरपश्चिममा आवश्यक विकास गर्न नसकिएकाले त्यहाँको पर्यटनदेखि अन्य क्षेत्रको विकासमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनले प्रसिद्ध खप्तड क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको पनि बताएका छन् । 

यसैगरी सो कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश–विदेशमा चिनाउन दृश्यमा खप्तड शृङ्खला–२ ले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेकपा माओवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली, संवीधानसभा सदस्य तथा कांग्रेस नेता भरतबहादुर खड्कालगायतले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको विकासका लागि राज्यका तीनवटै तहले सहयोग गर्नुपर्ने बताएका थिए । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ४८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।