दिनभर आज : हिउँदे अधिवेशनको तयारीदेखि रुसी सेनामा तैनाथ नेपालीका आफन्तको रोदनसम्म | Khabarhub Khabarhub

दिनभर आज : हिउँदे अधिवेशनको तयारीदेखि रुसी सेनामा तैनाथ नेपालीका आफन्तको रोदनसम्म


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राष्ट्रियसभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत, बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा, मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत विद्यार्थी पास, लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधनलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रियसभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रियसभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले राष्ट्रियसभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रियसभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया

निर्वाचन आयोग वैशाखमा हुने उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए । थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले खबरहबसँग भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ ।’

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा फाइदा लिन च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको छ ।

उक्त प्रकरणका बिषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानून विपरीत आफूलाई फाइदा लिनका लागि तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो ।

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार

काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।

रुसी सेनामा कार्यरत नेपालीका आफन्तको माग- सकुशल घर फिर्ताको वातावरण बनाउनुपर्‍यो

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ना भएका केही आफन्तहरु बेपता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै, रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत विद्यार्थी पास

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास भएका छन् ।

शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् । एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए ।

टोखामा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाइँदै

काठमाडौंको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधन

शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय…

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

भ्रष्टाचार प्रकरणमा जेलमा रहेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकको कारागार सजाय आधाले घटाइएको छ ।

पूर्वप्रधानमन्त्री रज्जाकको सजाय आधा घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । अर्बौं डलरको १ एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ५९ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र