डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे « Khabarhub

डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बनियानी– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रंगशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

रंगशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताए।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रंशालामा पूर्वाधार विकास गर्न नसकिएको उहाँको भनाइ थियो । 

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले जनस्तरबाट सहयोग संकलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताए । 

प्रतियोगिताको उद्घाटन खेल संकटा र एपिएफबीच हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकप यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले नगद १३ लाख पाउनेछन् भने उपविजेताले नगद सात लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप आयोजना गर्न एक करोड ४० लाख खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ३४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक