दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली परिचालन | Khabarhub Khabarhub

दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली परिचालन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पति मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ ।

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिसि दम्पतिको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

“गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो”, प्रहरी नायब उपरीक्षक भुसालले भने, “घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।” घटना रहस्यमय देखिएकाल अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए ।

मृतक जिसी दम्पतिका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए। छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पति मात्र बस्ने गरेको बताए । “सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो”, उनले भने, “ पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।”

हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रवीन जिसीले बताए । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रवीन घर पुग्दा आमाबुवा दुवैजना विभत्स अवस्थामा मृत भेटिएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : २३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः