माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती | Khabarhub Khabarhub

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।

बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।

आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५०० रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

घटनालगतै सुरक्षा वेश भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा साढे दुई बजेको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ४० बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल