माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती « Khabarhub

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।

बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया, र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको हो।

आगलागीबाट घर गोठ जलेर घरभित्र रहेको अन्नपात लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५०० रुपैया बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

घटनालगतै सुरक्षा वेश भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा साढे दुई बजेको आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ४० बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा