कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’ « Khabarhub

कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यप्रति कडा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन् ।

गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएर अघि बढ्ने सहमति भएको थियो ।

गिरिबन्धु टी–स्टेट प्रकरणबारे कांग्रेस र एमालेले एकअर्कालाई आक्षेप लगाउँदै आएका थिए । तर अहिले सत्ता सहकार्यमा सहमति गरेका छन् ।

तत्कालीन सरकारमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले टी–स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाउँदा एमाले अध्यक्ष ओलीले कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खाएको बताएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टी–स्टेट प्रकरणमा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : १५ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री