कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’ « Khabarhub

कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यप्रति कडा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन् ।

गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएर अघि बढ्ने सहमति भएको थियो ।

गिरिबन्धु टी–स्टेट प्रकरणबारे कांग्रेस र एमालेले एकअर्कालाई आक्षेप लगाउँदै आएका थिए । तर अहिले सत्ता सहकार्यमा सहमति गरेका छन् ।

तत्कालीन सरकारमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले टी–स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाउँदा एमाले अध्यक्ष ओलीले कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खाएको बताएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टी–स्टेट प्रकरणमा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : १५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित