एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने | Khabarhub Khabarhub

एमालेका मन्त्रीले राजीनामा दिँदै, सरकारको समर्थन पनि फिर्ता लिइने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा तयारी गरेका छन् ।

नयाँ समीकरण बनिसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि दबाब दिन एमालेका आठैजना मन्त्रीलाई राजीनामा गराउन लागिएको हो ।

एमालेबाट सरकारमा रहेका सबै मन्त्रीलाई राजीनामा गराइसकेपछि सरकालाई दिएको समर्थन पनि फिर्ता लिइने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।

तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । प्रचण्डले राजीनामा नदिई अडानमा बसिरहेपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराउन लागेको हो ।

‘प्रधानमन्त्री प्रचण्डले केही दिनमै संसद्‍मा सम्बोधन गरेर राजीनामा दिने कुरा आएको छ’, एकजना मन्त्रीले खबरहबलाई भने, ‘यदि प्रचण्डले केही दिनमै बहिर्गमनको निर्णय लिने अवस्थामा आएमा त्यहीअनुसार रणनीति बन्छ । प्रधानमन्त्रीको सजिलै बहिर्गमनको अवस्था नभएपछि सबै मन्त्रीले राजीनामा दिँदैछौँ ।’

यही सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको छ । एमाले-कांग्रेस सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित छ । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको छ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ०९ बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही