पेरिस ओलम्पिक : चीन शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : चीन शीर्षस्थानमा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५३ देशले पदक जितेका छन् । शुक्रबार राति सम्पन्न खेलपछि ३४ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५३ देशले पदक जितेका छन् ।

जसमा चीन १३ स्वर्ण, ९ रजत र ९ काश्य पदक जितेर शीर्षस्थानमा छ भने फ्रान्स ११ स्वर्ण, १२ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ११ स्वर्ण, ६ रजत र ५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, अमेरिका ९ स्वर्णसहित १८ रजत र १६ काश्य, ग्रेट ब्रिटेन ९ स्वर्ण, १० रजत र ८ काश्य, जापानले ८ स्वर्ण, ४ रजत र ६ काश्य, दक्षिण कोरियाले पनि ७ स्वर्णसहित ५ रजत र ४ काश्य पदक जितेका छन् ।

यस्तै, इटालीले ५ स्वर्ण, ८ रजत र ४ काश्य, नेदरल्याण्ड्सले ४ स्वर्ण, ३ रजत र २ काश्य, क्यानडाले ३ स्वर्ण, २ रजत र ६ काश्य पदक जितेका छन् ।

यस्तै, जर्मनी, न्युजिल्याण्ड, रोमानिया, हंगेरी, हङकङ आयरल्याण्ड, आयरल्याण्ड र अजरबैजानले २–२ स्वर्ण पदक जितेका छन् ।

ब्राजिल, स्विडेन, जर्जिया, स्विट्जरल्याण्ड, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम, काजकिस्तान, ग्वाटेमाला, उज्वेकिस्तान, छेक रिपब्लिक, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया, सर्बिया र युगाण्डाले एक–एक स्वर्ण पदक जितेका छन् ।  

अहिलेसम्म ओलम्पिक इजरायल, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, युक्रेन, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, अस्ट्रिया, इजिप्ट, पोर्चुगल र स्लोभाकियाले पनि पदक जितेका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : २६ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको