महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो « Khabarhub

महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ । बिहिबार सम्पन्न खेलमा काठमाडौँले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा मधेश युनाइटेडसँग २५-१५ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-२३ मा जितेको थियो भने तेस्रो सेट २५-१५ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यो जितपछि काठमाडौँको ४ खेलमा ९ अंक भएको छ र फाइनलको सम्भावना प्रबल रहेको छ । त्यस्तै मधेश युनाइटेडले भने लगातार चार खेलमा हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ ।

अब काठमाडौँले लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेशले गण्डकी थण्डर्सको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ७ : ४९ बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली