आजका समाचार : चीनले नेपाललाई ९ अर्ब दिने, रविलाई चितवन लगियो | Khabarhub Khabarhub

आजका समाचार : चीनले नेपाललाई ९ अर्ब दिने, रविलाई चितवन लगियो

एनपीएलमा चितवन र सुदूरपश्चिमको जीत


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान-प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले नेपाललाई ९ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता गर्ने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँगको भेटपछि बेइजिङमा मंगलबार ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच मंलरबार नै दुईपक्षीय भेटवार्ता भयो । यसक्रममा चीनका राष्ट्रपतिले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।


दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको ढकालले जानकारी दिए ।

त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको ढकालले बताए ।

प्रधानमन्त्री ओली-एनपीसी अध्यक्षबीच बेइजिङमा भेटवार्ता

प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर

नौ तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीको चीन भ्रमण

रविलाई चितवन लगेसँगै समर्थकहरूको प्रदर्शन
सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसंगै उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरुले नारावाजी गरेका थिए ।


उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

देउवालाई शेखर समूहको चेतावनी : तिक्तता नबढाउनू, निषेधको राजनीति नगर्नू
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूले पार्टीभित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी दिएका छन् ।

संस्थापन पक्षले विधानलाई आफूखुसी व्याख्या गरी आफूहरूको कार्यक्रमम बिथोल्न खोजेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

इतर पक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाले विराटनगरमा आजोजित भेलालाई मंगलबार सम्बोधन गदै पार्टीको १५ औँ महाधिवेशनपछि गुट-उपगुटको अन्त्य गर्ने जिकिर गरे । आफूहरूको कार्यक्रममा आउने सभापतिहरूको सम्पुर्ण रुपमा आफूले संरक्षण गर्ने पनि उनले बताएका छन् ।

सभापति देउवाको निर्देशन अटेर गर्दै विराटनगरमा शेखर पक्षको गुट भेला

अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित

नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको १२४ रनको चुनौती नेपाली टोलीले ४१ ओभर ३ बलमै भेट्टाएर जित पक्का गरेको हो ।


नेपाललाई जिताउने क्रममा नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । त्यसपछि अविजित रहेका कप्तान हेमन्त धामी २२ रनको योगदान दिए । नेपालका अन्य ब्याटरमा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, रोशन विश्वकर्माले ९ रन बनाए ।

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती, कप्तान दीपेन्द्रको शानदार अर्धशतक

यु–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङमा

एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार

हेर्नुस्, चितवन राइनोज र पोखरा एभेन्जर्सका नौ तस्बिर

दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन

कुशल र बोपाराको ‘बल’मा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य

युद्ध विरामपछि लेबनानमा भएको आक्रमणमा नौ जनाको मृत्यु
इजरायल र हिलबुल्लाहबीच युद्ध विराम भए पनि सीमा क्षेत्रका केही स्थानमा भङ्ग भएको जनाइएको छ।

इजरायलले सीमामा आफ्नो सुरक्षाका लागि युद्ध गर्न बाध्य भएको जनाएको हो। यसरी फाट्टफुट्ट भङ्ग भए पनि इजरायल र हिजबुल्लाह दुवैले मध्यस्थता गरेको अमेरिकासँग आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको जनाएको छ।


इजरायलको आक्रमणमा कारण सीमामा ११ जनाको ज्यान गएको थियो। यसले युद्ध विराम लागु हुने विषयमा अमेरिकाले शङ्का उत्पन्न गरेपछि दुवै पक्षले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

यो पनि-

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाइदिन आग्रह

कामपा–१६ की अध्यक्ष रोजिना श्रेष्ठ लिइन् शपथ

‘उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित’

धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : मन्त्री राई

बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

जनताको जलविद्युत् कार्यक्रम कार्यविधि संशोधनको तयारी

दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने

सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

विवाह महोत्सवमा आएका जन्तीलाई जनकपुरधाममा स्वागत

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जनाको मृत्यु

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने

भारतमा पहिरोमा फसेका चारवटा शव निकालियो

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ०५ बजे

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु

ग्रामथान– मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत् जनसभा सुरु भएको

प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो

लहान– बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको

जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्न पाइने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने

गाजा– अन्ततः हमास र इजरायलका बिचमा युद्धबिराम भएको छ ।